Banner News

विज्ञानका लागि आदित्यको क्षमता असाधारण चुनौति : प्रधानमन्त्री ओली



काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञानका लागि आदित्य दाहालकोको क्षमता असाधारण चुनौति भएको बताएका छन् ।

शनिबार बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रजी संस्करणको विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भएपनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको बताएका छन ।

उनले भने, ‘ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ ।, आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताएका छन् ।