काठमाडौँ, २ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले खाता खोल्नेहरुलाई सय रुपैयाँ उपलब्ध गराइने जानकारी गराउदै आफू्ले पनि १ सय रुपैयाँ राखेर खाता खोल्न सबैलाई आग्रह गरेका छन ।
आइतबार नयाँ वर्षको अवसरमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौ बैंक खाताको शुभारम्भ समारोहमा बोल्दै अर्थमन्त्रीले खतिवडाले बैंक खाता नभएकालाई तत्कालै खोल्न आग्रह गर्दै बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्लेसमेत १ सय रुपैयाँ राखेर खाता खोल्न अर्थमन्त्रीले आग्रह गरेका हुन ।
मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमले गरिबीबाट माथि जान महत्वपूर्ण सहयोग गर्ने दाबी गर्दै उक्त योजनाअन्तर्गत ७० वर्ष उमेर पुगेका नागरिकको स्वास्थ्य बीमा १ लाखसम्मको सरकारले नै गरिदिने बताए ।
वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएको कारण नै सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको बैंक खाता कार्यक्रम समावेश गरिएको बताए ।










प्रतिक्रिया दिनुहोस्