भक्तपुर, २ वैशाख । नवदुर्गा भवानीको पुजा एवं नाच चलाई सम्पूर्ण देवगणलाई भोजन चलाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर आउनुहुने कार्यक्रम तय भएको छ ।
भक्तपुर उद्योग बाणीज्य संघको आयोजनामा वैशाख ७ गते शनिवार दिनेको ठिक २ बजेदेखी ४ बजेसम्म हुने उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीले पुजाआजा तथा नाचको अवलोकन गर्ने कार्यक्रम तयार भएको नेपाल उद्योग बाणीज्य संघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले जानकारी दिनुभएको छ ।
त्यस्तै भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतीले ७ गते शनिवार भक्तपुर दरवार स्क्वार क्षेत्र, जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण आम नागरिकलाई उपस्थितीको लागि आग्रह गर्दै राष्ट्रपति भण्डारी तथा सम्र्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य एवं प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाकी लागायतका विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रमहरु समेत प्रस्तुत गरिने पअध्यक्ष प्रजापतिले जानकारी दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्