विश्व

दूधको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ



एजेन्सी, २ बैशाख । पाकिस्तानमा दूध प्रतिलिटर १ सय २० देखि १ सय ८० सम्ममा बिक्री भइरहेको छ ।

हिन्दुस्तान दैनिक खबरका अनुसार पाकिस्तानमा प्रत्येक दिन दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको जनाएको छ ।

कराँची डेरी फार्मर्स एसोसियशनले दूधको मूल्यमा प्रतिलिटर २३ रुपैयाँले बढाएको हो । एसोसिएशनका अनुसार, पशुहरुलाई खुवाउने चारा र इन्धनको मूल्य निकै बढेपछि दूधको मूल्य बढाउन बाध्य हुनुपरेको हो ।

पाकिस्तानमा पाँच वर्षयता महङ्गीको दर यो महङ्गी सन् २०१४ पछिकै सर्वाधिक उच्च हो । गएको मार्चमा मात्र महङ्गी पहिलो महिनाको तुलनामा १.४२ प्रतिशतले बढेको जनाएको छ ।