काठमाडौँ, ४ वैशाख । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले दिएको अधिकार अनुसार आफ्नो प्रदेशमा आवश्यक जनशक्ति आफै भर्ना गर्ने भन्दै प्रदेश २ सरकारले आफ्नो प्रदेशभित्र कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न लोकसेवा आयोगलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले मंगलबार लोकसेवा आयोगलाई पत्र लेखी संविधानले दिएको अधिकार अनुसार आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार आफै सरकारी सेवा गठन र सञ्चालन गर्ने भन्दै उनले प्रदेश २ मा कर्मचारी भर्नाको विज्ञापन नगरिदिन आग्रह गर्नुभएको छ ।











प्रतिक्रिया दिनुहोस्