काठमाडौँ, ४ वैशाख । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ११ बजे ४९ मिनेटमा श्रेष्ठको निधन भएको पत्रकार इश्वरराज ढकालले जनाएको छ ।
श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
श्रेष्ठको नाकमा समस्या देखिएका कारण वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्