राजनीति

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम सर्वसम्मत अनुमोदन



काठमाडौँ, ५ वैशाख । संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

बुधबार समितिको बैठकले थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको भए पनि उहाँको नाम सर्वसम्मत अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

थपलियाले सुनुवाइका क्रममा अबको तीन महिनाभित्र उपचुनाव गराउने र अबदेखि हरेक चुनावमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यस्तै थपलियाले प्रदेशमा पनि निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भएको थियो ।

समितिको बुधबारको बैठकले राष्टिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।