समाचार

पाल्पाको रिब्दीकोट गाउँपालिका भवनमा बम विस्फोट



पाल्पा, ५ वैशाख । जिल्लाको रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ ।

बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष नारायणबहादुर जिसीले जिसीले बताउनुभयो ।

बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।