समाचार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु



चितवन, ५ बैशाख । चीतवनमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका ५ का ३७ वर्षीय रेशमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो । सोही ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किएर साइकलयात्रि भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन्।

ठक्कर दिने ट्रक र ट्रकका चालकली जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।