समाचार

रथ तानातानमा ढुङ्गा हानाहान : ९ जना घाइते



भक्तपुर, ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन् । बिहीबार साँझ ५ बजे गःहिटीबाट तान्न सुरु गरिएको रथ घरमा ठोक्किए पछि ढुङ्गा हानाहान भएको हो ।

घाइते हुनेमा भक्तपुर नगरपालिका – १ का अशिष शिलाकार, भक्तपुर नगरपालिका १३ का माइला दुवाल, भक्तपुर नगरपालिका–४ रोजेश शिलाकार, भक्तपुर नगरपालिका – २ इताछे बस्ने रिमेश शाही, काभ्रे मण्डन देउपुर नपा–२ देउपुर घर भई भक्तपुर व्यासी बस्ने विकास तामाङ्ग, भक्तपुर नगरपालिका–६ इताछे बस्ने मनिष कासुला, रौतहट चन्द्रपुर घर भई भक्तपुर चोछे बस्ने उमेश कुमार घाइते भएका छन् ।

त्यस्तै, रथबाट खसेर भक्तपुर नगरपालिका ५ चोछेका पूण्यराम सितिखु घाइते भएका छन् । केही ढुङ्गाहानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरुको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।