Banner News

प्रधानमन्त्रीले भने– संविधान कार्यान्वयन र निर्वाचन हुन नदिने चलखेल भैराखेको छ



काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गरेका छन ।

राष्ट्रिय सूचना आयोगले यहाँ प्रस्तुत गरेको आयोगको आर्थिक वर्ष २०७२÷७३ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ले केही मानिसले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन हुन नदिने चलखेल गरिरहेको सन्दर्भमा निर्वाचन सम्पन्न गर्नका लागि आम नागरिकसँग अपिल गरे.का छन् ।

राजनीतिक अस्थिरता, राजनीतिक खिचातानीभन्दा पनि जनताले विकास चाहेको अवस्थाामा व्याप्त राजनीतिक अस्थिरताको अन्त्य गर्दै संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको प्रधनमन्त्रीको भनाइ छ ।

“प्राप्त उपलब्धि संस्थागत गर्ने सन्दर्भमा निर्वाचन धेरै नै महत्वपूर्ण हुनेछ, निर्वाचन देशका लागि अपरिहार्य बनेको छ, त्यसैले सही ढङ्गबाट सम्पन्न गर्न सबैको उत्तिकै भूमिका हुन्छ”–उनले भने ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आव २०७२÷७३ मा आयोगमा ६ सय ७८ पुनरावेदन परेकामा ६ सय ७४ वटा फछ्र्यौट भई प्रगति ९९।४ प्रतिशत रहेको जानकारी दिनुभयो । आयुक्तद्वय यशोधा तिमिल्सिना र किरणकुमार पोखरेलले आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफलका लागि संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।