बुटवल, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र अपराधपूर्ण क्रियाकलापको वहकावमा नलाग्न आग्रह गरेका छन ।
आज जितगढीमा आयोजित विजयोत्सव दिवसको समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले कतिपयले धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको भन्दै संविधानविरोधी र अपराधपूर्ण क्रियाकलापको वहकावमा नलाग्न आग्रह गरेका हुन ।
उनले भने, ‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन् ।’ ‘संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।
प्रधानमन्त्री ओलीले ज्योतिषीहरुले बकवास गर्दै हिँडेको र दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन ।’










प्रतिक्रिया दिनुहोस्