समाचार

शसस्त्र प्रहरीद्वारा बम बनाउन प्रयोग हुने सामाग्री बरामद



कैलाली, ७ वैशाख । शसस्त्र प्रहरी वल बेश क्याम्प डुडेझारी कैलालीले शुक्रबार राती करिब एक बजेतिर भारतको दिल्लीबाट काडमाडौँ जादै गरेको बसमा ठूलो मात्रामा बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ ।

ना ५ ख ७२४५ नम्बरको बसमा बम तथा अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका समाग्रीहरु बरामद गरिएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।