समाचार

डिजिटल आर्टस्को प्रस्तुती, प्रदर्शन राजधानीमा सुरू



काठमाडौँ, वैशाख ८ । साहित्य, कलाले समाज परिवर्तनमा विशेष भूमिका निर्वाह गर्दछन्, यि दुई पाटो एकअर्काका परिपुरक हुन्, भन्ने मान्यतामा आधारित डिजिटल आर्टस्को प्रस्तुती, प्रदर्शन राजधानीमा सुरू भएको छ ।

कलर नेपाल र वर्डस् हाइवे नेपालले शनिवार ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा नेपाललगायत विदेशी कविका कवितालाई कलासँग जोडेर कविताको अर्थ,भाव बुझाउने फोटो चित्रसँग प्रदर्शनी गर्ने मेसो जुराएको छ ।

यस प्रदर्शनीमा नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका भर्खरै लेखिएका कतै प्रकाशित नभएका कविता पनि परेका थिए । उहाँले नै विश्वका कविका एकसय बीस कविताको भावसँग जोडिएका कला प्रदर्शनी ‘पोइट्री, एन आर्ट फर पिस’को उद्घाटन गर्नुभयो ।

उहाँले कला साहित्यका यि दुई पाटोले धेरै कुरा एकै पटक बुझाउन सकिन्छ । यसलाई सँगै प्रदर्शन, प्रस्तुती दिने अवसर बारम्वार जुर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वल्र्ड पिक्ट्रोरियल पोइट्री फोरम –(सि)

भारतसँग आवद्ध के.सी (कृष्णचन्द्र) सेथी र सुनिता सेथीले नेपाल, भारत, मलेसिया, मौरिसस, युगोस्लाभिया, टर्की, इटाली, बङ्लादेशलगायत देशका कविका १२० कविताको भावलाई तस्वीर र चित्रसँग जोडेर एकै फ्रेममा प्रस्तुत गर्नुभएको छ । यस प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । साथै प्रति कविता, कलालाई पाँचसय रूपियाँमा खरिद गरी मन परेका कवितालाई फ्रेमिङ गरेर पनि राख्न सकिने आयोजकले जानकारी गराएको छ ।

नेपाली सर्जकका कविता विश्वका कविका भन्दा कम छैनन्, अँगे्रजीमा अनुवाद नभएकैले अरूले पढ्न बुझ्न नसकेका हुन् । नेपाली कवितालाई अँगे्रजी भाषामा अनुवाद गरेर साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न लागि परेका छौं भन्नुभयो, कवि सुवाससिंह पराजुलीले ।

कवि पराजुलीले यस अभियानमा हात हाल्दा साथ दिने भन्दा पनि हतोत्साही गर्ने धेरे भेटिए पनि पहिलो पटक नेपाललगायत विश्वभरका कविका १२० कविताले कलासँग जोडिएर प्रदर्शनी गर्ने अवसर मिलाउन सकेकोमा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा भारतीय राजदुतावासका सांस्कृतिक विभाग प्रमुख रघुवीर शर्मा, दार्जलिङ्गका रनेश राई, कृष्ण चाम्लिङ, उमेश दाहाल, वामदेव शर्मा, बङ्लादेशका तारिख समिन इस्लाम, भीष्म उप्रती, रूपसिं भण्डारी, सुवाससिं पराजुली, कविता श्रेष्ठलगायतले अँगे्रजी भाषाका कविता वाचन गर्नुभएको थियो ।

वर्डस् हाईवे नेपालका संस्थापक रूपसिं भण्डारीले ति कविता, कलालाई समेटेर पुस्तक प्रकाशित गरिने जानकारी दिनुभयो ।

प्रदर्शनीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, किरण भट्ट, भीष्म गुप्ता, रमेश राग्य, स्वेता दंगाल, निलयमजी मावली, डा. ब्रजेश कुमार गुप्ता, देवजनी मुखर्जी, युयुत्सु शर्मा, वामदेव शर्मा, अनिन्दीता राय, गोविन्द विश्वास, मोहमद फैज मेहमुद्दिन, ज्योर्तिमय ठाकुर, सुवाससिं पराजुली, दामोदर बोहरा, निर्मल कुमार थापालगायतका कविका कविता डिजिटल आर्टस् माध्यममा प्रदर्शनीमा राखिएका छन् ।