सोलुखुम्बु, ८ बैशाख । भ्रमणको क्रममा सगरमाथा आधार शिविर पुगेका एक जना अमेरिकन नागरिकको लडेर मृत्यु भएको छ ।
सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बु पासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर ३६ वर्षीय अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
उनको शव काठमाडौं शिक्षण अस्पताल ल्याइने साथै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्