काठमाडौँ, ८ वैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई एउटा सिद्धान्तमा टेकेर पार्टी एकता टुंगिने बताएका छन ।
आइतबार काठमाडौंमा नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने बताएका हुन ।
उनले भने, ‘एउटा प्रिन्सिपलमा आधारित भएर, किनकि व्यक्तिको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं ।’
आइतबार बिहानमात्रै बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको बताउदै उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’










प्रतिक्रिया दिनुहोस्