समाचार

बेरोजगारीले आवेदन दिने म्याद एक महिना थपियो



काठमाडौँ, ८ वैशाख । सरकारले रोजगारीका लागि निवेदन दिने एक महिनाको समय थप गरेको छ ।

सरकारले यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको जनाएको छ ।

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।

त्यसपछि स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ । स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म न्यूनतम एक सय दिन रोजगारी पाउनेहरुको संख्या छुट्याउनेछ ।