विश्व

श्रीलंकामा श्रृंखलावद्ध बम बिस्फोट : मृतकको संख्या १८७ पुग्यो



एजेन्सी, ८ बैशाख । श्रीलंकाको राजधानी कोलम्बोमा श्रृंखलावद्ध बम विस्फोटमा परि मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।

अहिले दिउँसो पुनः राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को विस्फोट भएसँगै मृत्यु हुनेको संख्या १८७ पुगेको हो ।

भारतिय संचारमाध्यम एबीपी अनुसार उक्त विस्फोटबाट ५०० भन्दा बढि घाइते भएको जनाएको छ । श्रृंखलावद्ध बम विस्फोट हुन थालेपछि राजधानी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

अहिलेसम्म विस्फोटको जिम्मा कसैले नलिएको बताइएको छ ।