रामेछाप, ९ वैशाख । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।
सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना हुदा मानवीय क्षति भने भएको छैन ।
मन्थली विमानस्थल कार्यालयलका अनुसार 9Mkkकल साइनको विमानमा १४ यात्रु सवार रहेको तर कुनै मानवीय क्षति नभएको जनाएको छ ।विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्