काठमाडौं, २७ फागुन । साहसिक खेल हो हिमाल आरोहण जसमा ठूलै आँट चाहिन्छ । एकपटक नभएर बारम्बार हिम्मत जुटाउनुपर्छ । सन् २००७ मा उनीहरुले सर्वोच्च शिखर सगरमाथा चढे ।
‘हिमालहरुको हिमाल’, ‘ज्यानमारा हिमाल’, ‘माउन्ट किलर’जस्ता थुप्रै उपमा पाएको पाकिस्तानको केटु ९८,६१२ मिटर० पनि चढे । विश्वकै दास्रो अग्लो मात्र होइन, प्राविधिक रुपमा अत्यन्त कठिन मानिने केटुको चुचुरोमा सन् २०१४ मा चुमे, केटु पुग्ने पहिलो महिला टिम भनेर नाम लेखाए ।
अब उनीहरु विश्वको तस्रो अग्लो हिमशिखर ९८,५८६ मिटर० कञ्चनजंघा चढ्ने तयारीमा छन् । उनीहरु अर्थात् ‘थ्री वुमेन, थ्री टप’ अभियानका ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुम शेर्पा । जलवायु परिवर्तन न्युनिकरणको सन्देश बोकेर चैत २५ गते काठमाडौंबाट हिँड्ने तयारीमा छन् उनीहरु । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्