नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ ।
विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्