समाचार

श्रीमतीद्वारा श्रीमानको हत्या



पाल्पा, १० वैशाख । ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।

रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।