काठमाडौँ, १० वैशाख । राष्ट्रिय प्रजनतन्त्र पार्टी र सरकारबीच आज वार्ता हुने भएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट आइतबार उक्त पार्टीलाई वार्ताका लागि पत्र पठाउनु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएको हो ।
सरकारसँग वार्ता गर्न राप्रपाले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
वार्तामा सरकारसमक्ष पेश गरेको हिन्दु राष्ट्रको पूनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घियताबारे जनमतसङ्ग्रह लगायत मागका विषयमा छलफल गरिने राप्रपाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्