काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको समुदायसँग सचेत रहन आग्रह गरेका छन ।
मंगलबार ललितपुरमा आदिवासी तथा जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लव विगतदेखी नै संघीयता ठीक छैन भन्ने लाइनको र जनजातीको पक्षमा नभएको बताए ।
आदिवासी तथा जनजातीहरुको हितको लागि हातहतियार उठाउन आवश्यक नरहेको बताउदै विप्लव नेतृत्वको समुदायसँग सचेत रहन आग्रह गरेका छन ।
अध्यक्ष प्रचण्डले आदिवासी जनजातीहरुले पाउनुपर्ने अधिकार समेत नपाएको भन्ने भनाइमा आफु सहमत रहेको भन्दै उनले ठुलो बलिदानीपछि आएको राजनैतिक परिवर्तन भएको र अब कुनैपनि किसिमको आन्दोलन वा विद्रोह गर्न नमिल्ने बताएका छन ।
युद्धबाट सबैकुरा पाउने सोच राख्दा देशले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउने भन्दै आफुले समेत केहीकुरामा कम्प्रमाइज गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्