काठमाडौँ, १० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जङ्गी अड्डा भवनको एक विशेष समारोहकाबीच उद्घाटन गरेकी छन् ।
२०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त जङ्गी अड्डा भवनको पुनःनिर्माण सकिएपछि आज राष्ट्रपति भण्डारीद्वारा उद्घाटन गरिएको हो । उक्त जङ्गी अड्डाको भवन सात तलाको बनाइएको छ ।
नवनिर्मत भवनमा क्यूबिकलसहित ४३० कोठाहरु, विभिन्न प्रयोजनका ३१ सभाहलहरु रहेको यस भवनबाट नेपाली सेनाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयसहित ४७ वटा कार्यालयहरु सञ्चालनमा रहनेछन् । सो भवनको छतमा हेलिकप्टरसमेत अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको बताइएको छ ।
उक्त उद्घाटन समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, प्रदेश प्रमुख, सचिवहरु, पूर्व प्रधानसेनापति, नेपाली सेनाका रथीबृन्द, अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्