सम्पादकीय

मालपोत कर्मचारीको मिलेमतोमा मृतकको जग्गा किर्ते गरी नामसारी !



मालपोतका कर्मचारीको मिलोमतोमा मृतकको जग्गा किर्ते गरेर नामसारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृतकको नामको जग्गा नामासरी गरेको खुलेको हो।

समाचारको अनुसार मृतकको नामको जग्गा किर्ते गरेर नामसारी गरेको खुलेपछि अख्तियारले मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँचविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

धरान नगरपालिका ११ को कित्ता नम्बर ३५ र ३६ का जग्गा धनी खगेन्द्रकुमारी गिरीको मृत्युपछि किर्ते गरी नामसारी गरिएको हो। उनको मृत्युपछि धरान १४ का कर्णबहादुर राईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा नामसारी गरी बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ । समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।