रुपन्देही, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ ।
मंगलबार पार्टी एकता प्रकृयामा असन्तुष्ट जनाउँदै न्यौपानेले राजीनामा दिनुभएको हो । उहाँ नेकपा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँले सचिवमा राजिनामा दिए पनि प्रदेश र केन्द्रमा भने निरन्तर रुपमा काम गर्ने बताउनुभएको छ । न्यौपानेले आफ्नो राजीनामा ‘नयाँ साथीलाई अवसर दिने उद्देश्य’का साथ राजिनामा दिएको बताउनुभयो ।
न्यौपानेले पार्टी केन्द्रले गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाउनुभएको छ । न्यौपानेले आफू प्रदेश सभाअन्तर्गतको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने जानकारी गराउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्