काठमाडौँ, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको काम शीर्ष नेतृत्वबीच सहमति भएर नै टुंग्यायिएको बताएका छन ।
बुधबार मदन भण्डारी स्मृति वाटिका स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले जिल्ला कमिटी नेतृत्व सबैलाई चित्त बुझ्ने गरी बनाइएको र त्यसमा आफू सन्तुष्ट रहेको बताए ।
उनले भने, ‘पार्टी एकताको जुन काम भएको छ, त्यो सबैको सहमतिमा भएको हो । ‘जिल्ला कमिटी मसँगको सहमतिमै भएको हो । सहमति भन्दा तलमाथि भएको छैन, ठिक ढंगले भएको छ । नभए त म बोली हाल्छु नि ।’
७० औ पार्टी स्थापना दिवस र जिल्ला कमिटिको नामावली सार्वजनिक गर्ने दिन वैशाख ९ गते प्रज्ञाभवनमा आयोजित कार्यक्रमबाट बीचमै छोडेर हिडेका उनलाई असन्तुष्टि भनेर प्रचार गरिनु अनावश्यक टिप्पणी भएको भएको बताए ।










प्रतिक्रिया दिनुहोस्