चीन, १२ बैशाख । चीनको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डमा नेपालको झण्डा फहराइएको छ ।
समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान पुगेकी राष्ट्रपति भण्डारीलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।
सो होटेलको छतमा नेपालको झण्डा फहराइएको छ । सन् १९५३ मा स्थापनादेखिनै उक्त होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो ।
सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसङ्ख्या करिब एक करोड भएको अनुमान गरिएको अधिकारीहरुले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्