विश्व

रसियामा पुटिन र किम जोन उनबीच शिखर वार्ता



एजेन्सी, १२ वैशाख । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोन उनबीच शिखर वार्ता भएको छ ।

बिहीबार रसियाको सुदूर पूर्वी शहर भ्लादिवोस्तोक नजिकैको रस्की टापुमा दुई नेताबीच शिखर वार्ता भएको हो । उनीहरुबीच कोरियाको आणविक निशस्त्रीकरणबारे छलफल भएको जनाएको छ ।

वार्ताका क्रममा दुई नेताले आपसी सम्बन्ध अझै प्रगाढा बनाएर अघि बढ्ने बताएका छन् । पहिलो शिखर वार्ता सुरु हुनुअघि उनीहरुले सञ्चार माध्यमको अगाडि छोटो प्रतिक्रिया दिएका थिए ।

रसियाली राष्ट्रपति पुटिनले कोरियाको तनाव हटाउन आफूले सहयोग गर्ने किमलाई बताएका छन । किमले रसियासँग घनिष्ट र दिगो सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध अझै विकसित गर्न यो वार्ता निकै फलदायी हुने आफूले विश्वास लिएको बताए ।