राजनीति

नेपाल भारतको वाणिज्य सन्धी परिवर्तन गर्नुपर्छ : मन्त्री खतिवडा



वीरगञ्ज, १३ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल भारतको वाणिज्य सन्धी परिवर्तन गर्नुपर्ने बताएका छन ।

बिहीबार वीरगञ्जमा आर्थिक वर्ष २०७६र०७७ को बजेट, राजश्व नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी आयोजित छलफलमा बोल्दै मन्त्री खतिवडाले नेपालले व्यापार र पारवहनका क्षेत्रमा व्यहोरिरहेको कतिपय समस्या भारतसँग समन्वय गरेर मात्र समाधान गर्न सकिने बताएका छन् ।

धान चामलमा देखिएको समस्या समाधानका लागि नेपाल भारतको वाणिज्य सन्धी परिवर्तन गर्नुपर्ने बताउदै उनले भने, ‘सेफ गार्ड्स एन्टी डम्पिङ तथा काउन्टरभेनिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा छ, कानुन लागू भएपछि हाम्रै मुलुकमा उत्पादन हुने, मुलुकलाई आत्मनिर्भर बनाउने बस्तुको आयातलाई रोक्छौं ।’

वीरगञ्ज अन्तर्राष्ट्रिय व्यापारको मुख्य नाका भएकाले यसको व्यवस्थापन आईसिपी, आईसीडीको स्तरोन्नतीलाई अगाडि बढाउने अर्थमन्त्री खतिवडाले बताए ।