रोचक

पाँच सय बच्चालाई एकै व्यक्तिले गरे यौन शोषण



एजेन्सी, ६ माघ । भारतको दिल्लीमा पाँच सय बच्चालाई यौन शोषण गरेको आरोप लगेपछि सुनील रस्तोगी पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार उनले पाँच सय बच्चालाई यौन शोषण गरेको स्विकार गरेका छन् ।

एकै व्यक्तिले यति ठूलो संख्यामा बच्चालाई कसरी यौन शोषण गरे त ? मनोवैज्ञानिक भन्छन्, ‘फरक फरक ठाँउमा बस्ने भएकाले सुनिललाई थोरै मानिसले चिन्ने भएकाले उनी अपराध गरेपछि सजिलै गायव हुन्थे ।’

पूर्वी दिल्ली स्थित कल्याणपुरी इलाकाका प्रहरी अधिकारी राहुल अलवनका अनुसार सनील उत्तर प्रदेश र उत्तराखण्डका सिमाको रुद्रपु्र गाउँका हुन् । अलवल भन्छन्, सुनिल आफ्नो गाँउबाट दिल्ली आउने जाने गरिरहन्थे ।

उनी पेशाले दर्जी भएकाले टेलरिङ पसल काम गर्थे । तर, केही दिनमै उनी पसल फेर्थे । उनले अहिलेसम्म पाँच सय बालिकालाई यौन शोषण गरेको प्रहरीको दावी छ । यी मध्ये तीन घटना दिल्लाका हुन् ।

सुनिलले ५ देखि ११ बर्ष उमेर समुहका बालिका माथि यौन शोषण गर्ने गरेको बताईएको छ । उनले एक सरकारी स्कुलको बाहिर १० सालकी बालिकालाई यौन शोषण गर्न खोजेपछि ती बालिका चिच्चाएकी थिइन ।