अंगुर खानु हाम्रो स्वास्थ्यको लागी उपयोगी फल हो । जसले गर्दा हामीलाई धेरै फाइदा हुने गर्दछ ।
फाइदाहरु :
१. अंगुर खानाले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँनुको साथै रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा समेत कम हुन्छ ।
२. अंगुरले न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्नका साथै अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ ।
३. बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्दछ ।
४. अंगुरले शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ ।
५. अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छअंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त गर्नुको साथै अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ ।
६. सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ ।
७. अंगुरमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुने भएकोले यसले कब्जियत घटाउन मद्दत गर्छ ।
८. अंगुरले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ ।
९. अंगुरमा एन्टिअक्सिडेन्ट तत्व भएकोले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँन मदत गर्दछ ।
१०. यसका अतिरिक्त अंगुरमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् ।
प्रतिक्रिया दिनुहोस्