Banner News

एमालेको मेची महाकाली अभियान हेटौँडाबाट पुनः शुरु



 

हेटौंडा, २७ फागुन । एमालेको मेची महाकाली राष्ट्रिय अभियान शुक्रबारदेखि हेटौडाबाट पुनः शुरु हुँने भएको छ । सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनापछि स्थगित भएको अभियान सुरु भएको छ ।

मकवानपुर जिल्लाको हेटौँडास्थित भुटनदेवी विद्यालयबाट शुरु हुन लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताए ।

सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताको अवरोध र त्यसपछि उत्पन्न परिवेशका कारण प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि एमालेको अभियान स्थगित भएको थियो ।

अभियानमा उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लाबाट कार्यकर्ताहरुले सहभागी हुने क्रम जारी रहेको छ ।