एजेन्सी, १४ वैशाख । श्रीलंकामा सुरक्षाकर्मी र ‘संदिग्ध’ विद्रोहीबीच भएको झडपमा कम्तीमा १५ जनाको मृत्यु भएको जनाइएको छ ।
पूर्वी तटीय क्षेत्रमा शुक्रबार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन् । झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको पनि ज्यान गएको सेनाले दाबी गरेको छ ।
विद्रोही समूहका लडाकुहरु लुकेर बसेका छन् भने एक जना हवलदारको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा दोहोरो भिडन्त भएको हो । छापा मार्ने काम अहिले पनि जारी छ र यो घटनामा सशस्त्र बलका कुनै पनि जवानको हताहत नभएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्