राजनीति

रविन्द्र मिश्रद्वारा पुन: आफ्नो पार्टीको नाम परिवर्तन



काठमाडौँ, १५  वैशाख । लामो समयसम्म पत्रकारीता जीवन विताउनुभएका रविन्द्र मिश्रले आफ्नो पार्टीको नाम परिवर्तन गर्नुभएको छ ।

शनिबार औपचारिक रुपमा एक कार्यक्रम गर्दै मिश्रले पार्टीको नाम साझा विवेकशील पार्टी नामाकरण गरिएको घोषणा गर्नुभयो । फुटेर गएको समूहले पार्टीको नाममा ‘विवेकशील’ शब्द प्रयोग गरेकाले आफ्नो पार्टीमा भ्रम परेको भन्दै पार्टीको नाम साझा विवेकशील पार्टी बनाएको उहाँले बताउनुभयो ।

बैठकले यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राख्ने निर्णय गरिएको जनाइएको छ । पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी छाडेकाले पनि सोही नाम बोल्ने लगायतका प्राविधिक कारणले नाम परिवर्तन गरिएको बताउनुभयो । बैठकले पार्टीले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालनलगायतका निर्णय समेत गरेको छ ।

अहिले उज्वल थापा नेतृत्वको समुह छुटेर विवेकशील नेपाली दल बन्न पुगेको छ ।