राजनीति

अबको लक्ष्य समाजवादको हो : मन्त्री थापा



भोजपुर, १५ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले अबको लक्ष्य समाजवादको रहेको बताएका छन ।

जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै लोकतन्त्र विरोधीहरु मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन सलबलाएको बताएका छन् ।

उनले भने, ‘अबको लक्ष्य भनेको समाजवाद हो, विकास र समृद्धिको उच्चतम अवस्थामा मात्र यो सम्भव छ ।’ अहिले पनि अर्बौं खर्बौंको सम्पत्तिका धनी मान्छेहरु भएको तर जनता सँधै गरिब भएकाले विकासलाई तीब्र पार्नुपर्ने बताए ।

गृहमन्त्री बादलले समाजवाद ल्याउन एउटा सशक्त र शक्तिशाली नेतृत्व र संगठन चाहिएकाले पार्टी एकता गरिएको  बताए ।