राजनीति

संघीय संसदका दुबै सदनको चौथो अधिवेशन आजबाट शुरु हुँदै



काठमाडौं, १६ वैशाख । संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन आजबाट शुरु हुने भएको छ ।

गत ८ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन सोमबारदेखि शुरु हुने आह्वान गरेकी थिइन् । सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुने सांसद राजधानी आइसकेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम आगामी २० वैशाखमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ । संविधानमै व्यवस्था भएअनुरूप सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।