समाचार

झापामा जिपको ठक्करबाट एक जनाको मृत्यु



झापा, १६ वैशाख । जिल्लाको मेचीनगर १२ सडक खण्डमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री दिपेश पौडेललाई ठक्कर दिएको थियो । ताप्लेजुङ सिकैचा गाविस–८ का ३२ वर्षीय दिपेश पौडेल गम्भीर घाइते भएका थिए । घाइते पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको