एजेन्सी, १६ वैशाख । अत्यधिक कार्यभारका कारण इन्डोनेशियामा मृत्यु हुनेको संख्या २ सय ७० जना भन्दा बढीको पुगेको छ ।
विश्वको सबैभन्दा ठूलो एकदिने चुनावको दश दिनपछि इन्डोनेशियामा निर्वाचन आयोगका कर्मचारीहरुको अत्याधिक कार्यभारका कारण मृत्यु भएको हो । करोडौँ मतहरु हातैले गन्नु पर्ने भएपछि अत्यन्तै लामो समयसम्म काममा खट्दा थकाइसँग सम्बन्धित रोगका कारण उनीहरुको मृत्यु भएको हो । त्यसबाहेक १ हजार ८ सय ७८ जना बिरामी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्