Banner News

मेलमिलापसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न आवश्यक : प्रधानन्यायाधीश जबरा



काठमाडौँ, १६ वैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मेलमिलासम्बन्धी ऐनलाई प्रभावकारी कार्यान्वयनमा लैजान आवश्यक रहेको बताएका छन ।

सोमबार काठमाडौँमा मेलमिलापकर्ताको दोस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मेलमिलासम्बन्धी ऐनलाई प्रभावकारी कार्यान्वयनमा लैजान सके विवाद निरुपण गरी मेलमिलाप गराउन कुनै कठिनाई नहुने पनि बताए ।

संविधानले मेलमिलापका लागि आवश्यक सबै न्यायिक निकायको व्यवस्था गरेको स्पष्ट पार्दे उनले न्यायमा सर्वसाधारणको पहुँच पुर्‍याउन सबै स्थानीय तहमा समेत न्याय निरुपणका लागि न्यायिक समिति र आवश्यकता अनुसार अन्य वैकल्पिक उपायहरुको व्यवस्था गरिएको पनि स्मरण गराए ।

प्रधानन्यायाधिश जबराले संविधानको विभिन्न धारामा मेलमिलापका लागि विवादित पक्षहरुबीचमै सहमति गराउने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेको पनि बताएका छन ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विवादित पक्षहरुमै सहमति गराएर मेलमिलाप पद्धतिको विकास गर्न सरकार प्रतिवद्ध रहेको बताए ।