बेइजिङ, १७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ ।
सोमबार दिउँसो ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । दुबै देशको राष्ट्रियगानसहित जनमुक्ति सेनाको सलामीपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भयो ।
राष्ट्रपति भण्डारी र सीवीचको भेटमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको पनि सहभागिता थियो । दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपतिले समकक्षी भण्डारीलाई बीआरआई सम्मेलनमा व्यक्त सम्वोधनका लागि धन्यवाद ज्ञापन गरे ।
भ्रमणका क्रममा चीन र नेपालवीच विभिन्न ७ वटा समझदारीपत्रहरुमा हस्ताक्षर भएको छ ।
१. पारवहन यातायातसम्वन्धि सम्झौता कार्यान्वयनको प्रोटोकल
२. चीनको सहायतामा निर्माणाधिन परियोजनाहरुको सम्भार तथा सुदृढीकरणका लागि अनुदान-सहायता हस्तान्तरण प्रमाणपत्र ।
३. आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता ।
४. नेपालको उत्तरी क्षेत्रमा जिविकोपार्जनका क्षेत्रमा सहायता अभिवृद्धिसम्वन्धी दस्तावेज ।
५.भन्सार मामलामा सहकार्य र पारस्परिक प्रशासनिक सहायतासम्वन्धी सम्झौता ।
६. नेपालको गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्वन्धी समझदारीपत्र ।
७. नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसार-पसार एवं चोरी-निकासी रोक्ने सम्झौता ।










प्रतिक्रिया दिनुहोस्