काठमाडौ, १७ वैशाख । समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति अन्तर्गतको “सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी गठित उपसमिति बैठकमा समितिका सदस्यले आम जनतामा सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको भन्ने सन्देश प्रवाह भइरहेको भन्दै त्यसबारे प्रष्ट पार्दै नियमन गर्नुपर्ने धारणा राखेका थिए ।
समितिका सभापति कल्याणीकुमारी खड्काले सञ्चार ऐनमा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट वाक्यअंश राख्न नहुने बताउनुभयो । उहाँले ऐनबारे जनताले प्रस्ट बुझ्न र अर्थ लगाउन सक्ने किसिमको हुनुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले प्रविधिको क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै सामाजिक सञ्जालको क्षेत्रलाई व्यवस्थित गर्न ऐन ल्याउने तयारी गरेको प्रस्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्