समाचार

ट्रकको ठक्करबाट एक युवतीको मृत्यु



कैलाली, १७ बैशाख । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका—३ की १९ वर्षीय सुनीता रावलको मृत्यु भएको हो  ।

उक्त घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग गर्दै  प्रदर्शन गरेका छन् ।