राजनीति

राष्ट्रपति भण्डारीलाई ल्यासामा उपाध्यक्ष चियाङ जीद्वारा स्वागत



काठमाडौँ, १७ वैशाख । चीनको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बेइजिङबाट ल्हासा पुगेकी छन ।

राष्ट्रपति भण्डारीलाई तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले ल्हासाको गोङ्गर विमानस्थलमा स्वागत गरेका छन ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भई सात सम्झौतामा हस्ताक्षर गरिसकेकी छन ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागि रहेको छ ।