विराटनगर, १८ बैशाख । प्रदेश नम्बर १ को सम्पर्क राजधानी भने धनकुटा राखिने भएको छ ।
मंगलवार प्रदेश मन्त्रिपरिषदको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।
यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरिएलगत्तै प्रदेश सरकारले सम्पर्क राजधानी तोकेको हो ।










प्रतिक्रिया दिनुहोस्