काठमाडौँ, १८ वैशाख । मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसरमा ग्राहकहरुलाई विशेष अफर दिने भएको छ ।
बैंकले सम्पूर्ण आमाहरुलाई सम्मान गर्दै मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो ।
फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैयाँ छुटको व्यवस्था गरेको जनाएको छ ।
उक्त अफर बैशाख १५ देखि सुरु भएर मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्