विराटनगर, १९ वैशाख । नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
कोशी ब्युरो संयोजक श्रेष्ठ र कोशी व्यूरो सदस्य माधब गौतम, मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, रमेश खड्का र देबकुमार साँवा प्रहरी हिरासतमा थिए । पक्राउ परेकालाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्