वीरगञ्ज, १९ वैशाख । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भई नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको बताउनुभएको छ ।
१३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका नेपालमा भएको आन्दोलनमा मजदूरले खेलेको अग्रणि भूमिकाले नै वर्तमान समयमा लोकतान्त्रीक गणतन्त्र हुँदै समाजवादको आधार तय भएको बताउनुभयो ।
दुई वर्षभित्र नेपाली मजदूरको न्यूनतम तलब रु २० हजार पु¥याउने अठोटका साथ आगाडि बढ्न पार्टी निकट मजदूर सङ्गठनलाई आग्रह गर्दै उहाँले मुलुकमा आमूल राजनीतिक परिवर्तन आए पनि मजदूरको जीवनस्तरमा परिवर्तन नआएकाले अब मजदूरको जीवनमा परिर्वतन ल्याउन सबै दल तथा मजदूरसङ्गठन केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्