भक्तपुर, १९ वैशाख । मानव कल्याण समाज (सेवा घर)को प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा सन्चालन हुन गैरहेको सप्ताहव्यापी वार्षिक उत्सवको समुद्घाटन कार्यक्रम समुद्घाटन सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर सातका अध्यक्ष ज्ञान बहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सेवा घरकै सात जना बालबालिकाहरुले गमलामा फुल रोपेर समुद्घाटन भएको थियो ।
कार्यक्रममा अध्यक्ष केसीले मानव कल्याण समाज भक्तपुर जिल्लाभरीकै गैर सरकारी सस्था मध्य एक उत्कृष्ट संस्था भएकोले यसको स्थायित्वको लागि आफ्नो व्यक्तिगत र सस्थागत सहयोग सधैं रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा रहनुभएका गैर सरकारी महासंघका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले मानव कल्याण समाज कुनै एक व्यक्ती, राजनैतीक पार्टी र संस्थाको मात्र नभएर सबै भक्तपुर बासिको भएको बताउनुभयो । उहाँले सेवा घरको स्थायीत्वको लागि सबै भक्तपुर बासी, स्थानीय सरकार, संघसस्था, सहकारी लगायत जस जसले आफ्नो ठाउँबाट जे गर्न सक्छ गर्नु पर्नेमा जोड दिनु भयो ।

सेवा घरकी सुभेच्छुको रुपमा आफु सधैं रहने बताउँदै कार्यक्रमको अतिथि समाजसेवी सरु बानियाले मानवीय सेवाकै एक उत्कृष्ट कार्य गरिरहेको मानव कल्याण समाजको सेवामा आफु सधैं साथ रहने प्रतिबद्दता व्यक्त समेत गर्नुभयो ।
भक्तपुर जिल्लाको सडक तथा सार्वजनिक स्थलहरुमा अलपत्र परेका असक्त, अनाथ, अपाङ्ग, मानसिक सन्तुलन गुमाएका महिला, बालबालिका, जेष्ठ नागरिकहरुलाई सडकबाट उद्घार गरि खाना, नाना, छाना, स्वास्थ्य, सुरक्षा र शीक्षाको बन्दोबस्त गर्ने, परिवारजन फेला परे पारिवारिक पुनर्मिलन गराउने र पारिवारीक पुनर्मिलन हुन नसकेका सक्षम व्यवारिसे मानवहरुलाई विभिन्न सिपहरु सिकाई आत्मनिर्भर बनाउने कार्य गर्दै आईरहेको छ ।
संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार संस्थाले २ जना बेवारिसे व्यक्तिहरुलाई उद्धार गरि सेवा सुरुवात गरेको यस संस्थाले स्थापनाको समयदेखी हालसम्म भक्तपुर र छिमेकी जिल्लाहरु काठमाडौँ, ललितपुर र काभ्रे जिल्लाबाट समेत गरि १०० जनालाई उद्दार गरि सेवा दिएकोमा ४० जनालाई परिवार खोजि पारिवारिक पुनर्मिलन गराएको छ भने ५ जनाले सेवा घरमा नै शरिर छोडे र १५ जना युवाहरुले सेवा घरमा आएपछि आफ्नो जीवन रुपान्तरण गरेर आत्मनिर्भर भएर स्वइच्छाले सेवा घर छोडे भने हाल सेवा घरबाट बालबालिका ९ जना, बोल्न नसक्ने ४ जना, दुबै गोडा नभएको १ जना, दुबै आखा नदेख्ने १ जना, पक्षघातका बिरामी २ जना, सुस्तमनस्थिती २ जना, सामान्य अवस्थाको ३ जना र मनोरोगी १९ जना गरी जम्मा ४० जनाले सेवा पाईरहनुभएको छ । छोटो अवधिमा नै गरिएका सेवाका कृयाकलापहरुको उच्च मूल्याङ्कन गर्दै गैर सरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरले मानव कल्याण समाजलाई जिल्लाकै उत्कृष्ट संस्थाको पुरस्कार समेत प्रदान गरिसकेको छ ।

सडकमा भएका बेवारिसे मानवहरुलाई उद्घार गर्नु मात्र समस्याको दिर्घकालिन समाधान नभएको हुँदा कोहि पनि व्यक्ति आफ्नै परिवारबाट अपहेलित भई बेवारिसे जीवन बिताउनु पर्ने अवश्थाको अन्त्य गर्ने उद्घेश्यले विभिन्न स्कुल, कलेज, आमा समुह, युवा क्लव, संघसंस्था, सहकारी, उद्याोग आदिमा मातापीता र असहायहरु प्रतिको सम्मानभावलाई मनन गर्न प्रेरित गर्दै सकारात्मक सोँच, खुशी हुने कला, नेतृत्व विकास लगायतका अभिमुखिकरण कार्यक्रमहरु संचालन समेत संस्थाले गरिरहेको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।
नेपाली मात्रैको साथ, सहयोग र सहभागीतामा संचालित मानव कल्याण समाज (सेवा घर)ले कुनैपनि सरकारी सहयोग र बैदेशीक सहयोग बिना नै एक वर्ष भित्र १०० जनालाई सेवा पु¥याएको छ । निश्वार्थता र दृढताको उपज आज मानव कल्याण समाजको सेवा घरले ४० जनाको परिवारलाई एउटै छतमुनी राखेर पारिवारीक स्नेहको साथमा सेवा दिइरहेको छ भने मासिक रुपमा तीर्नुपर्ने ४५,०००।— घर भाडा, सरसफाईको लागि र खानको लागि समेत पानी किन्नुपर्ने अवस्था, ४ जना बालबालिकालाई शीक्षा दिक्षाको व्यवस्था र १९ जना मनोरोगी आमा बुवालाई गर्नुपर्ने उपचारको लागि भने अझै पनि चुनौती नै रहेको छ ।

उदारमना परोपकारी मनहरुले आफ्नो परिवारका शदस्यहरुको जन्मोत्सव, बिवाह उत्सव, ब्रतबन्ध, चौरासी, अन्नप्रासन, पितृ सम्झना आदिमा गरिने स्वइच्छिक योगदान नै सेवा घर संचालनको मुख्य स्रोत हो भने हाल ४० जनाको परिवारलाई खाना, नाना, छाना, स्वास्थ्य, सुरक्षा र शीक्षाको बन्दोबस्त गर्न मासिक रु.२,५०,०००/— सम्म खर्च हुने गरेको बताइएको छ ।
मानव कल्याण समाज (सेवा घर)ले संचालन गर्न लागेको सप्ताहव्यापी वार्षिक उत्सव अन्तर्गतका कार्यक्रमहरु निम्न रहेका छन ।
समुद्घटन समारोह
बैशाख १८ गते बुधबार, समयः दिनको २ः०० बजे, स्थानः सेवा घर प्राङ्गण (बृहत सडक अवलोकन तथा बेवारिसे मानव उद्घार)
बैशाख १९ गते बिहीबार समयः बिहान ५ः०० बजे र बेलुकी ८ः०० बजे, स्थानः सेवा घर प्राङ्गण (स्वास्थ्य सिबिर)
बैशाख २० गते शुक्रबार, समयः दिनको ११ः०० बजे, स्थानः सेवा घर प्राङ्गण (मनोरञ्जनात्मक साँस्कृतिक)
बैशाख २१ गते शनीबार, समयः दिनको १२ः०० बजे, स्थानः सेवा घर प्राङ्गण (बृहत रक्तदान)
बैशाख २२ गते आईतबार, समयः बिहान ८ः०० बजदेखि, स्थानः कमलविनायक, कमलपोखरी (मुट्ठीदान संकलन अभियान तथा घरदैलो)
बैशाख २३ गते सोमबार, समयः बिहान ७ः०० बजदेखि, स्थानः कमलविनायकदेखि सेवा घरसम्म (वार्षिक उत्सव मुल समारोह तथा सामुहिक दीप प्रज्वलन)
बैशाख २४ गते समयः अपह्रान्न ४ः०० बजे, स्थानः सेवा घर प्राङ्गण










प्रतिक्रिया दिनुहोस्